इजरायल प्यालेस्टाइनी भू-भागबाट हट्नुपर्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित

४ आश्विन २०८१, शुक्रबार ०९:०२

काठमाडौं । इजरायल प्यालेस्टाइनी भूभागबाट हट्नुपर्ने पर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ ।प्यालेस्टाइनले गरेको यो प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिए । अमेरिकासहितका १४ देशले भने विपक्षमा मतदान गरे । राष्ट्रसंघका स्थायी सदस्यमध्ये विपक्षमा उभिएको अमेरिका मात्रै हो । नेपाल, भारत, बेलायतसहित ४३ देश तटस्थ बसेका छन् ।

नेपालले इजरायल र प्यालेस्टाइन दुवै देशलाई मान्यता दिएको छ भने यी दुवै देशको समस्या समाधानका लागि आवाज उठाउँदै आएको छ । बीपी कोइरालाको सरकार हुँदा नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यहुदी मुलुक इजरायललाई मान्यता दिने नेपाल एसियाकै पहिलो देश बनेको थियो ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) ले प्यालेस्टाइनी भूभागमा इजरायलको उपस्थिति अवैधानिक भएको भन्दै त्यहाँबाट हट्न भनेको थियो । यस्तै, नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतन्याहु र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै रिट समेत परेको छ ।

इजरायलले आक्रमण जारी रहेकाले प्यालेस्टाइनी भूमिमा राहत सामग्री, खाद्यान्न, औषधि, पानी र इन्धन आपूर्तिमा संकट आइलागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*