साहस उर्जाको बदमासीः सर्वसाधारणलाई फसाएर संस्थापक बाहिरिने चलखेल

३ आश्विन २०८१, बिहीबार १६:५८

काठमाडौँ । साहस उर्जा लिमिटेडको हालको निर्णयले नेपालको पूंजी बजारमा ठूलो हल्ला मच्चाएको छ । २०७८ असोज १६ गतेको लक–इन अवधि सकिन लाग्दै गर्दा साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद र बोनस शेयरको प्रस्ताव अघि बढाएर एक नयाँ विवादलाई जन्म दिएको हो ।

कम्पनीले लामो समयदेखि साधारण सभा नगरेको, वित्तीय विवरण प्रकाशित नगरेको र संचालक निर्वाचन समेत नगरेको अवस्थामा अचानक चार आर्थिक वर्षको साधारण सभा आव्हान गर्नु र उक्त प्रस्ताव ल्याउनु लगानीकर्तामा ठूलो आशंका र असुरक्षितता उत्पन्न गरेको हो । कम्पनीको भद्रगोलमा ठुलो चलखेलको शिकार आरोप लागि रहेको छ । कम्पनीले लक–इन अवधि सकिन लागेकै बेला लाभांशसहित शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव राख्दै साधारण सभा आव्हान गरेको छ, जुन संस्थापक बाहिरिने चलखेलको रूपमा व्याख्या भइरहेको छ ।

साहस उर्जाको लक–इन अवधि २०८१ असोज १६ गते सकिन लागेको छ । कम्पनीले २०७८ असोज १७ गते संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीलाई शेयर वितरण गरेको थियो । कम्पनीले २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र २ लाख १० हजार कित्ता कर्मचारीलाई शेयर वितरण गरिएको हो । अब सो शेयरको लक–इन खुल्ने समय थोरै मात्रै बाँकी रहेको छ ।

सो बेला, कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बराबरको २८ करोड रुपैयाँको बोनस शेयर र शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । यो निर्णय वित्तीय दायित्वहरू पूरा नगरी गरिएको छ । यस प्रकारको क्रियाकलापले लगानीकर्ताहरूको चिन्ता बढाएको छ, जसले संस्थापक शेयरधनी बाहिरिनको चलखेल भएको आशंका व्यक्त गरेका छन् । लकइन सकिनै लागेको बेला शेयर मूल्य बढाएर संस्थापक एक्जिट लागि कम्पनीले यस्तो चलखेल गरेको देखिएको हो ।

कम्पनीको बदमासीमा नियामक निकायको पनि मौन समर्थन रहेको देखिएको छ । सार्वजनिक कम्पनी भएपछि, सो कम्पनीलाई समयमै साधारण सभा गर्नुपर्छ र त्रैमासीक वित्तीय विवरण पनि समयमै प्रकाशित गर्नुपर्नेछ । तर, धितोपत्र बोर्डको निर्देशिकाको धज्जी उडाउदै आएको कम्पनीलाई बोर्डले कारबाहीको सट्टा चलखेलमा साथ दिइ रहेको छ ।

साधारण सभा समयमा नगर्ने कम्पनीलाई नियामकले कुनै कारबाही गर्न सकेको छैन र सभा गर्न नसक्नुको यकिन कारण सेयरधनीलाई दिइएको छैन । साधारण सभा समयमा सम्पन्न गर्न नसकेको कारण कम्पनीले सेयरधनीलाई जानकारी दिनु पर्ने जिम्मेवारी राख्दछन् तर यो जिम्मेवारी पूरा नगरी सहास समयमै साधारण सभा गर्न असफल भएका हो ।

कम्पनीले त्रैमासिक वित्तीय विवरण समेत समयमा नै प्रकाशित गरेको छैन । संचालक समितिको निर्वाचनमा समेत कम्पनीले गरेको छैन । सार्वजनिक कम्पनीले चार वर्षका लागि संचालक चयन गर्नुपर्ने ब्यवस्था रहेको छ । तर, साहसले पुरानै संचालकलाई निर्वाचननै नगराइ सर्वजनिक कम्पनीमा पदमा राखेर बदमासी गरी रहेको हो ।

नियामक निकायको कमजोरी, सूचीकृत कम्पनीहरूको संस्थागत सुशासनमा समस्या र कानुनी तथा व्यवहारिक समस्याका कारण कम्पनीले समयमै साधारण सभा गर्न सकेको छैन । यो स्थिति सेयरधनीप्रतिको जवाफदेहिताका सवालमा पनि कतिपय कम्पनीहरू कमजोर देखिएको प्रमाण हो । अझ वित्तीय दातित्व समयमा पुरा नगरेको कम्पनीले लक–इन सकिन लागेको बेला गरी रहेको चलखेललाई महत्वपूर्णमा हेरीएको छ ।

नियामक निकायको प्रभावकारी निगरानी र कडा कारबाहीको अभावले बजारमा अस्थिरता ल्याएको छ । कम्पनीहरूले वित्तीय पारदर्शिता र जवाफदेहितामा सुधार गर्नुपर्छ र नियामक निकायले तिनीहरूको गतिविधिमा सशक्त निगरानी र कारबाही सुनिश्चित गर्नुपर्दछ । यस्ता घटनाहरू रोक्न नसकेका खण्डमा बजारको विश्वसनीयता र लगानीकर्ताको विश्वासलाई ठूलो धक्का लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*