गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’, स्मार्ट वाच जित्ने मौका

३ आश्विन २०८१, बिहीबार ११:१४

काठमाडौं । “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै गरिमा क्यापिटलले नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा “बम्पर दशैं तिहार अफर” ल्याएको छ ।

गरिमा क्यापिटलले चाडपर्वको अवसरमा यही असोज १ गते देखि कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशैं तिहार अफर” घोषणा गरेको हो ।

यस योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्नुहुनेछ । यसको लागि मिमि असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ ।

यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेवसाईट www.garimacapital.com/ र र मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*