लगानीकर्तालाई मालामाल बनाउने तयारीमा रहेको साहस उर्जाको कहिले सकिदैछ ‘लक इन’ अवधि ?

३ आश्विन २०८१, बिहीबार ०८:२८

काठमाडौं । लगानीकर्ताहरुलाई बोनश र शत प्रतिशत लाभांश दिने साहस उर्जा लिमिटेडको लक ईन अवधि यही असोज १६ गते समाप्त हुने भएको छ। कम्पनीको लक ईनमा रहेको संस्थापक समूहको शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयरको लक ईन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो। कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र २ लाख १० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर लक ईनमा रहेको छ।

असोज १६ गतेपश्चात सो शेयरहरुको कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*