लाभांश र आइपीओ प्रस्तावसहित तीन कम्पनीको साधारण सभा आज, कुनको कहाँ हुदैछ ?

३ आश्विन २०८१, बिहीबार ०८:१४

काठमाडौं । लाभांश र आइपीओ निष्काशन लगायतका प्रस्तावसहित तीन कम्पनीले आज वार्षिक साधारण सभा गर्दैैछन् । कम्पनीहरुले आफुलाई पायक पर्ने काठमाडौंका विभिन्न स्थानमा वार्षिक साधारण सभा आह्वान गरेका हुन् ।

यी हुन् आज साधारण सभा गर्ने कम्पनीहरुः

कुमारी क्यापिटल

कुमारी क्यापिटल लिमिटेडको असोज ३ गते वार्षिको साधारण सभा बस्ने भएको छ । सभा, कुमारी बैंक लिमिटेड, टंगाल, कामाडौंमा साँझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

गाउँघर उज्यालो साना हाइड्रोपावर

गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ । कम्पनीले आईपीओ निष्कासनसहितका विशेष प्रस्ताव पारित गर्न आगामी असोज तीन गते साधारणसभा बोलाएको हो । सभा ललितपुरको बालकुमारीस्थित केएफसीमा विहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले कम्पनीको पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्राथमिकश शेयरको सार्वजनिक निष्कासन गर्ने, शेयरको सार्वजनिक निष्कासनबाट प्राप्त हुने पूँजीको उपयोग बारे निर्णय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले कम्पनीको २०८०र०८१ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षण प्रतिवेदन र अन्य सम्बन्धित वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८१र०८२ को लेखापरीक्षण गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको गोल्चेमा अवस्थित घट्टेखोलामा ०।९९० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

गोरक्ष हाइड्रोपावर

गोरक्ष हाइड्रोपावर लिमिटेडकोे वार्षिक साधारण सभा असोज ३ गते अर्थात आज आह्वान गरिएको छ । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९र८० र आर्थिक वर्ष ०८०र८१ को साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रगति विवरण प्रस्तुत गर्नेछन् भने आर्थिक वर्ष ०७९र८० र ०८०र८१ के वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष ०८१र८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, संस्थापक समूहमध्येबाट ३ जना र एक व्यवसायिक विज्ञसहित सञ्चालक चयन गरिने छ।

कम्पनीको अधिकृत पुजी वृद्धि गरी १ अर्ब ७० करोड पुर्याउने विशेष प्रस्ताव पेस गरिने भएको छ भने तत्कालीन जारी पुजी वृद्धि गरी १ अर्ब ३० करोड कायम गरिने भएको छ।

त्यसका लागि आइपिओ जारी गर्ने तयारी कम्पनीको छ। आइपिओसँग सम्बन्धित काम अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइने एजेण्डा पनि साधारण सभामा छ।

साधारण सभा बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बोलाउने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*