भोलि देशभर सार्वजनिक विदा, बैंक तथा वित्तीय संस्थासँगै नेप्से पनि बन्द

२ आश्विन २०८१, बुधबार १७:३९

काठमाडौँ । असोज ३ गते अर्थात् भोलि संविधान दिवसको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको छ। सरकारले संविधान दिवसको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो। यस दिन सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छन्।

संविधान दिवस नेपालको लोकतान्त्रिक इतिहासमा एक महत्वपूर्ण दिन हो, जसले २०७२ सालमा नयाँ संविधानको घोषणा गरिएको थियो। सरकारका अनुसार संविधान दिवसलाई विशेष रुपमा मनाउन आह्वान गरिएको छ। यस अवसरमा सरकारले दिपावलीको आयोजना गर्न आग्रह गर्दै नागरिकहरुलाई आफ्नो घर तथा सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन गरेर दिवसलाई उल्लासपूर्ण बनाउन अपिल गरेको छ।

देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी संविधान दिवसको महत्त्वबारे जनचेतना फैलाउने योजना पनि रहेको छ। यस दिन राजनीतिक दल, नागरिक समाज र सरकारी निकायहरुबाट संविधान दिवसका अवसरमा विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रम गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*