नेप्सेमा पुगेर अर्थमन्त्रीद्वारा प्रश्नै-प्रश्न

२ आश्विन २०८१, बुधबार १५:५०

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा छड्के हानेका छन् । आज दिउँसो साढे २ बजे अर्थमन्त्री पौडेल नेप्सेको कार्यालयमा अनुगमनका लागि पुगेका हुन् ।

पौडेलले नेप्से कार्यालयमा ब्यवस्थापनसँग दर्जनौ प्रश्नको जवाफ माग गरेका छन् । उनले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थमन्त्रालयको ध्यान तानेको हुँदा आफु नेप्सेको दैलोमा आइपुगेको बताए । उनले भने, ‘पुँजी बजारमा कुन ट्रेनमा चलेको छ । अहिले म माथि प्रश्न उठी रहेको छ । राजनीतिका कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक दुई साता बजार ओरालो लागि रहेको छ । राजनीतिमा केहि नहुँदा समेत बजार ओरालो किन लागि रहेको छ । यो प्रश्न सबै नियामकमा उठेको छ ।’

पछिल्लो समय नेप्से परिसूचक र कारोबार खुम्चि रहेको बारे आफुले जवाफ नपाएसम्म नेप्से, सिडिएस र बोर्डलाई प्रश्न गरी रहने बताए । ‘२०।३० अर्बको कारोबार भइरहेको थियो किन ४।५ अर्बमा पुगेको छ । मेरो मनमा प्रश्न उठेको छ किन यस्तो ? गत वर्ष ५ अर्ब राजस्व संकलन गरेका थियौ । तर पछिल्लो बजारमा आएको सुधारले वर्षदिन भन्दा बढी राजस्व आएको छ। अहिले हामीले २ महिनामा ७ अर्ब राजस्व संकलन गरेका छौं ।’ पौडेलले भने, ‘३००० हजार पुगेको बजार किन घटी रहेको छ । यो प्रश्नको जवाफ खोज्न आज नेप्सेमा आएको हु । यी प्रश्नको जवाफ म आफैसँग पनि खोज्छु । मेरा सचिवहरुसँग खोज्छु र नेप्सेको ब्यवस्थापनसँग समेत खोज्छु ।’

उनले नेप्सेको कारोबार प्रणालीमा विश्वसनियता नभएको भन्दै प्रश्न उठाए । नेप्सेको सिस्टममा आइरहेको खराबीको बारे समेत पौडेलले जवाफ माग गरेका हुन् । उनले भने, ‘कुनै समय १२ बजेसम्म टिएमएस प्रणालीले काम गरेन त्यो किन भयो ? यो समस्या किन आइरहेको छ जवाफ खोज्नु परेको छ । ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, ब्याजदर घट्दा समेत किन कारोबार रकम बढेको छैन ?’

नेप्सेको प्रणाली सुधारका लागि सरकार सकारात्मक रहेको पौडेलको भनाइ रहेको छ । ‘नेप्सेसँग रहेको प्रणालीले कति समयसम्म धान्न सक्छ ? अब नेप्सेका प्रणाली सुधार गर्नु आवश्यक रहेको छ । नेप्सेले कारोबारको गोपनियतासँग पनि जोड दिनुपर्छ’ उनले भने ।

समाजिक सञ्जाललाई प्रयोग गरेर लगानीकर्तालाई निरत्साहित र उत्साहित गर्ने काम भइरहेका भन्दै स्वथ्य प्रतिस्पर्धा आवश्यक रहेको बताए । ‘समाजिक सञ्जालको प्रयोग गरेर भइरहेका अनैति कार्यको समस्या समाधानका लागि हामीले के उपाय अपनाउन सक्छौं ? सरोकारवालासँग छलफल गरेर नेप्सेमा देखिएका समस्या समाधन गर्नु पर्छ । सुझाव संकलन गर्नु पर्छ । प्रविधिमा अपडेट गर्नेका लागि टाइम तालिका निर्माण गर्नुपर्छ । गुणस्तरीय सेवामा हामीले के कस्ता कार्य गर्ने सक्छौं ? लगानीकर्ताको विश्वास जित्ने, लगानी सुरक्षित र स्वथ्य प्रतिस्पर्धाको प्राथमिकतामा दिनुपर्छ । पुँजी बजारलाई दिगो विकासमा कसरी जोड दिने भन्ने विषय समेत हाम्रो माथि उठेका छन् । नकारात्मक कुरालाई निरोत्साहन गर्नु आवश्यक रहेको छ’ पौडेलले भने ।

कसैले अनैतिक तरिकाले कारोबार गरेको थाहा पाए कारबाही गर्ने नियामक सक्रिय हुनुपर्ने पौडेलको भनाइ रहेको छ । पुँजी बजारमा राम्रो प्रगति सक्ने बताउँदै पौडेलले सुधारका लागि जस्तसुकै कार्य गर्ने समेत सरकार तयार रहेको बताए । शेयर बजारका नियामकले लगानीकर्ताको हितका लागि काम गर्नुपर्ने उनको भनाइ रहेको छ ।

पछिल्लो समयको गिरावटले अर्थमन्त्रालयको ध्यान गएको उनले बताए । उनले भने, ‘पर्दा बाहिर भइरहेको नराम्रा कार्य पर्दा अघि आउनुपर्छ ।कसैको बोलिबाट प्रभावित भएर होइन कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नु होस् । स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ आवश्यक रहेको छ । म सुधारका लागि सहि तरिकाले अघि बढ्न तयार रहेको छु ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*