बीमा प्राधिकरणद्धारा सबै बीमा कम्पनीका सिईओ र लेखा प्रमुखलाई होटलमा बोलाएर अन्तरक्रिया गर्दै

२ आश्विन २०८१, बुधबार १५:४८

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका सिईओहरु तथा लेखा प्रमुखहरुलाई आज अफरान्ह ३ बजे एक होटलमा बोलाएर अन्तरक्रिया कार्यत्रम सुरु गरेको छ ।

बीमा प्राधिकरणको आयोजनामा काठमाडौंको रवि भवनस्थित होटल क्राउन इम्पेरियल होटलमा सबै बीमा कमपनीका सिईओ तथा लेखा प्रमुखहरुलाई उपस्थित हुन भनिएको छ । सिईओ बाहिर भएका कम्पनीका डेपुटी सिईओ उपस्थित भएका छन् ।

सबै लेखा प्रमुखहरुलाई बोलाएर नियामकीय दृष्टिबाट गर्नुपर्ने कामहरुको सम्बन्धमा संक्षिप्त प्रस्तुतिकरण समेत दिन लागिएको छ । कार्यक्रम आज तीन बजेट सुरु हुने भएपनि पनि केही ढिलाई गरेर सुरु गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*