बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार रकममा पहिरो, गुम्दै लगानीकर्ताको लगानी

२ आश्विन २०८१, बुधबार १५:०५

काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागि रहेको हो । बजारमा आएको गिरावटले लगानीकर्तालाई चिन्तित बनाएको छ भने लगानी खरानीमा पानि झै भएको छ ।

बजार घटी रहेको बेला नै अर्थमन्त्री विष्णु पौडेलले नेप्सेको कार्यालयमा अनुगमन गरेका छन् । कर्मचारीको दक्षता, बजार देखिएका समस्या तथा नेप्सेलाई सुधारका लागि अर्थमन्त्री पौडेलले छलफल गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २५७६.७६ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समहको ०.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१२ प्रतिशतसहित ११ उपसूचक राताम्य भएका हुन् ।

बुधबार १६३ कम्पनीको शेयर मूल्य घट्दा ७४ कम्पनीको बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*