फेरी घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२ आश्विन २०८१, बुधबार १०:२५

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तोलामा एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*