महुली लघुवित्तको ३८ हजार कित्ता शेयर बिक्रीमा

२ आश्विन २०८१, बुधबार ०८:०९

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ९६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक भई संस्था समक्ष निवेदन दिएकाले संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर विद्यमान संस्थापकहरुका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।

शेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने सम्बन्धि आवश्यक कारबाही अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*