अमेरिकी डलरको भाउमा गिरावट, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
२ आश्विन २०८१, बुधबार ०७:०२
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (असोज २ गते) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार अमेरिकी डलरको भाउ २२ पैसाले घटेर बिक्रीमूल्य १३४ रुपैयाँ ३१ पैसा र खरीदमूल्य १३३ रुपैयाँ ७१ पैसा कायम भएको हो ।
यस दिन साउदी अरेबियन रियाल एकको खरीदभाउ ३५ रुपैयाँ ६२ पैसा छ भने बिक्रीभाउ ३५ रुपैयाँ ७८ पैसा छ । अष्ट्रेलियन एक डलरको खरीदका लागि ९० रुपैयाँ ३४ पैसा र बिक्रीका लागि ९० रुपैयाँ ७५ पैसा तोकिएको छ ।
त्यस्तै कुवेती दिनार एकको खरीददर चार सय ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५३ पैसा छ भने मलेसियन रिंगिट एकको खरीददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा छ ।