गरिमा विकास बैंकको डीसीईओमा अनिल रेग्मी नियुक्त

१ आश्विन २०८१, मंगलवार १४:२२

काठमाडौँ । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई डीसीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*