पाँच हाइड्रोपावर कम्पनीद्वारा लाभांश घोषणा, कुनको कति ?

१ आश्विन २०८१, मंगलवार १३:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये पाँच वटाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । कम्पनीहरुमा अपि पावर कम्पनीले नौ प्रतिशत बोनश र ० दशमलव ४७३७ प्रतिशत नगदसहित ९ दशमलव ४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरले सात प्रतिशत बोनश र पाँच दशमलव ६३ प्रतिशत नगदसहित कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै, माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो कार्यको लागि कम्पनीले वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ ।

पछिल्लो समय शेयर बजारमा सर्वाधिक कारोबार भइरहेको सिईडिबीले ११ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले साथै हकप्रद निष्काशनको तयारी पनि गरेको छ ।

भगवती हाइड्रोपावरले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई चार प्रतिशत बोनश र १० दशमलव ७३ प्रतिशत नगदसहित १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*