१७ मध्ये १२ फाइनान्स नाफामा, कुनको खुद नाफा कति ? (सूचीसहित)

१ आश्विन २०८१, मंगलवार १३:१०

काठमाडौँ । साउन महिनामा मात्रै १२ फाइनान्सले नाफा आर्जन गर्दा ५ कम्पनीले घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

१७ फाइनान्स मध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा प्रोगेशिभ फाइनान्स रहेको छ । कम्पनीले एक महिनामा मात्रै ८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको हो । नाफा कमाउने दोस्रो नम्बरमा रहेको आइसिएफसि फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले २ करोड ५९ लाख रुपैयाँ आर्जन गरेका हुन ।

यता, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख रुपैयाँ, मञ्जु श्री फाइनान्सले १ करोड ४५ लाख रुपैयाँ, गुडबिल फाइनान्सले १ करोड २८ लाख रुपैयाँ, जानकी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ, गोर्खास फाइनान्सको ९८ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सले ६५ लाख रुपैयाँ र नेपाल फाइनान्सले १५ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ ।

अन्य ५ फाइनान्स भने घाटामा रहेका छन् । समृद्धि फाइनान्स ८ करोड ६९ लाख रुपैयाँ, पोखरा फाइनान्स २६ लाख रुपैयाँ, बेष्ट फाइनान्स १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट र नेपाल शेयर मार्केट ८–८ लाख रुपैयाँ घाटामा रहेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*