शिव श्री हाइड्रोपावरले बोलायो साधारणसभा

१ आश्विन २०८१, मंगलवार ०७:३२

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते आर्थिक वर्ष ०७९।८० को वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले आव ०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक टुङ्ग्याउनेछ । साथै कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*