वाणिज्य बैंकको नाफा ७% ले बढ्योः ग्लोबल र नबिलको प्रतिस्पर्धा, कृषि र एसबिआईको लोभलाग्दो ग्रोथ (सूचीसहित)

३१ भाद्र २०८१, सोमबार १९:३५

काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले महिनामा मात्रै ९ अर्बको नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार साउन महिनामा मात्रैं बैंकहरुले ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँको नाफा कमाएका हुन् । जुन अघिल्लो साउनको तुलनामा ७.६४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको साउनमा बैंकहरुले ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँको नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंकले आफ्नो अग्रता कायमै राखेको छ । एक महिनाको अवधिमा बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको हो । तर, उक्त नाफा गत वर्षको नाफा भन्दा १०.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो ।

साउन महिनामा सर्वाधिक नाफा बढाउने बैंकको कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेको छ । गत साउनको तुलनामा कृषि विकास बैंकको नाफा ११४ प्रतिशतले बढेर ७१ करोड २० लाख रुपैयाँ पुगेको छ ।

यता, नेपाल एसबिआई बैंकको भने १०७ प्रतिशतले बढेर ३३ करोड ३३ लाख रुपैयाँ नाफा पुगेको छ । गत साउनमा बैंकको नाफा १६ करोड ५ लाख रुपैयाँ मात्र रहेको थियो ।

रकम: दशलाखमा

त्यस्तै, गत साउनको तुलनामा यस साउनमा नबिल बैंकको नाफा ६.३३ प्रतिशतले बढेर ८० करोड ३३ लाख रुपैयाँ, प्रभु बैंकको ७९ प्रतिशतले बढेर ५३ करोड ८१ लाख रुपैयाँ, प्राइम कर्मसियल बैंकको १९ प्रतिशतले बढेर ५० करोड ५५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४.३० प्रतिशतले बढेर ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबि बैंकको ११.५० प्रतिशतले बढेर ४२ करोड ७२ लाख रुपैयाँ, एभरेष्ट बैंकको १५ प्रतिशतले बढेर ४२ करोड २९ लाख रुपैयाँ रहेको छ ।

साथै, नाफा सानिमा बैंकको ५१ प्रतिशतले बढेर ३८ करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १६ प्रतिशतले बढेर ३४ करोड, सिटिजन्स बैंकको ३८ प्रतिशतले बढेर ३४ करोड ८८ लाख रुपैयाँ, स्टान्र्डड चार्टड बैंकको २० प्रतिशतले बढेर ३१ करोड र माच्छोपुच्छे बैंकको ७.३३ प्रतिशतले बढेर २० करोड रुपैयाँ पुगेको हो ।

अन्य ६ बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*