सञ्चय कोषले अधिकतम् प्रतिफल दिनु पर्छ, लगानी फिर्ताका लागि मुखदर्शक भएर हुदैन्ः अर्थमन्त्री

३१ भाद्र २०८१, सोमबार १८:३४

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सञ्चय कोषले अधिकतम प्रतिफल आउने गरी काम गर्नु पर्न बताएका छन् । कोषको ६३औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कोषको दायरा विस्तार हुँदै गएको र औषत प्रतिफल मान्ने नहुने उनको भनाइ छ । उनले भने, ‘कोषको सबै तिर विस्तार भएको छ । कर्मचारी सञ्चयकोषले औषत रुपमा काम गरेर हुदैछ । सञ्चयकर्ताहरुको हितका लागि काम गर्नुहोला । औषत रुपमा मात्र कार्य गरेर हुदैछ। हामिले दिएको लगानि कति सदुपयोग भएको छ त्यो हेर्नु पर्छ । लगानि गरेर मात्र हुदैछ । अधिकतम प्रतिफल हुने गरे लगानि गर्नु पर्छ।’

कोषको दायरा अझै विस्तार गर्नु कोषले भुमिका खेल्नु पर्ने उनको भनाइ रहेको छ । ‘कोषको दायरा समेत विस्तार गर्दै अघि बढ्नु पर्छ । सरकारले कोषको भुमिका बृद्धि तिर ध्यान दिएको छु।’ पौडेलले भने ।

लगानी फिर्ता गराउन कोष मुखदर्शक भएको उनको भनाइ छ । कोषले लगानी फिर्तामा जोड दिनुपर्ने पौडेल बताए। लगानी फिर्ताका लागि मुखदर्शक भएर नबस्न पौडेलले निर्देशन दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*