विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने तयारी

३१ भाद्र २०८१, सोमबार १७:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने तयारी गरेको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा–२०८१ को मस्यौदामा विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने एउटा रहेको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने प्राधिकरणले जनाएको छ।

लामो समयदेखि पाठ्यक्रममा राख्ने भन्दै निर्देशिका तयार गर्दै बिर्सर्ने बीमा प्राधिकरणले यो बर्ष भने पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेको हो । प्राधिकरणले यो बिषय पनि केही समय पछि निरन्तरता नराख्ला भन्न सकिदैन । बीमा प्राधिकरणमा कामको सुरुवात गर्न निर्देशिका जारी गर्ने स्टन्टट बाजी गर्ने र पछि बिर्सर्ने परिपाटी भएको कारण पाठ्यक्रममा बीमा समावेश गराउने बिषय पनि नहराउला भन्न नसकिने बीमा अधिकारीहरु बताँउछन् ।

बीमाको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने प्राधिकरणको कार्यनीति रहेको छ।

बीमाका विभिन्न सूचना जानकारी तथा बीमा चेतनामूलक सामग्री प्रचारप्रसार गर्न आधिकारिक फेसबुक पेज, युट्युब च्यानल सञ्चालन गरिने र श्रव्यदृश्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गरिने कार्यनीति छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*