सानिमा रिलायन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य बढ्यो, अन्य कम्पनीको अवस्था कस्तो ? (सूचीसहित)

३१ भाद्र २०८१, सोमबार १७:१९

काठमाडौँ । कारोबार साताको दोस्रो दिनमा पनि बीमा क्षेत्रमा कम्पनीहरुको शेयरमूल्य सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार उच्च अंकले घटेसँगै बीमा क्षेत्रका २६ वटा कम्पनीहरुमध्ये २४ वटाको शेयरमूल्यमा पनि भारी गिरावट आएको छ । पूँजी बजारमा उल्लेख्य रुपले दिर्घकालिन लगानीका स्रोत बनेका कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ताहरुले ठूलो रकम गुमाउन पुगेका छन् ।

सोमबार लाइफ इन्स्योरेन्स इन्डेक्स १.९१ प्रतिशत अर्थात २४४.९६ अंकले घटेर १२५६३.७९ को विन्दुमा कायम भएको छ । यस उप–सूचकमा कारोबार भएका ११ वटा जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

आजै बोनश शेयर वितरण गर्ने निर्णय गरेको सानिमा रिलायन्स लाइफको शेयरमूल्यमात्र बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य आज १.४७ प्रतिशतले बढेर ५६० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, एलआइसी नेपालको शेयरमूल्य ३.८१ प्रतिशत अर्थात प्रतिकित्ता ८० रुपैयाँले घटेर २०१९ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

सोमबार नन लाइफ इन्डेक्स पनि १.९१ प्रतिशत अर्थात २५२.७६ अंकले घटेर १२९२९.८३ को बिन्दुमा कायम भएको छ । यस उपसूचकमा कारोबार भएका १२ मध्ये ११ वटा कम्पनीको शेयरमूल्यमा पनि भारी गिरावट आएको छ ।

निर्जीवन बीमा कम्पनीमध्ये आज एनएलजी इन्स्योरेन्सको मात्र शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य २.०६ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैयाँले बढेर १२४० रुपैयाँमा खरिद बिक्री भएको छ । यी बाहेकका अन्य सबै निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*