भगवती हाइड्रोपावरको बोनश शेयरमूल्य समायोजन

३१ भाद्र २०८१, सोमबार १६:१४

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयरमूल्य समायोजन भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबारको अन्तिम मूल्यलाई आधार बनाई शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चार प्रतिशत बोनश शेयरलाई समावेश गरी नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।

नयाँ मूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा कायम भएको छ । यस अघि बजार बन्द हुने बेलामा कम्पनीको शेयरमूल्य ९५५ रुपैयाँ रहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*