१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने अन्तिम तयारी

३१ भाद्र २०८१, सोमबार १५:४६

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो ।

विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको भन्दै कालोसूचीमा राख्ने तयारी गरेको सूचनामा उल्लेख गरिएको छ।

कार्यालयले अब सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । सो समयभित्र पनि लिखित स्पष्टीकरण पेस नभएमा कार्यालयले विधिवत् रूपमा कालोसूचीमा राख्ने निर्णय गर्ने सूचनामा जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*