शेयर बजार घट्दा पनि तीन कम्पनीमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका टप १०

३१ भाद्र २०८१, सोमबार १५:०७

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेको दिन पनि तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । जस अन्तर्गत सोमबार आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज रावा इनर्जीको शेयरमूल्य ५.३७ प्रतिशत र राप्ति हाइड्रोपावरको शेयरमूल्य ५.३२ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*