बजारमा ओरालो यात्राको निरन्तरता, ह्वात्तैै घटबढले चलखेलको आशंका
३१ भाद्र २०८१, सोमबार १३:१०
काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजारमा राताम्य यात्राले निरन्तरता पाउने देखिएको छ । पछिल्ला केहि दिन यता शेयर बजार निरन्तर ओरालो लागि रहेको हो ।
यो समाचार तयार पार्दा अर्थात् १ः७ मिनेटसम्ममा बजार २४.५६ अकंले घटेर २६१३ बिन्दुमा आइपुगेको छ । कारोबार समेत २ अर्ब ७३ करोडमा सीमित भइरहेको छ ।
बजार ह्वात्तै बढ्ने र घट्ने भइरहेको छ । जसमा चलखेल भइरहेको आशंका भइरहेका छन् । साना लगानीकर्तालाई महन्गोमा शेयर भिडाउने खेल भइरहेको समेत जानकारहरु बताउछन् ।