९ वाणिज्य बैैंकले ब्याजदर घटाउदा २ वटाले बढाए, कुनको कति ?
३१ भाद्र २०८१, सोमबार १०:४८
काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्याङ अनुसार ९ बैंकले ब्याजदर घटाउँदा २ वाणिज्य बैंकहरुले बढाएका हुन ।
भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्।
यस्तो ब्याजदर बढाउने बैंक भने कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।