सानिमा रिलायन्स लाइफद्वारा १८% बोनस शेयर दिने घोषणा

३१ भाद्र २०८१, सोमबार १०:०१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस शेयर घोषणा गरेको छ ।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त घोषित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*