फ्ल्योर हिमालयनले हकप्रद निष्काशन गर्ने
काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडले १ः५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले असोज २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको पुल्चोकस्थित एलिस रेष्टुरेन्ट, कन्फरेन्स हलमा दिउँसो २ बजे बस्ने गरी सभा बोलाएको हो ।
सभाले अघिल्लो साधारण सभाबाट पारित १ः५ दरको हकप्रद शेयर निष्काशन निर्णय पुनः पारित गर्ने, निष्काशित हकप्रद पूर्ण रूपले नबिकेको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम बिक्री गर्न र हकप्रद सम्बन्धी थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले गत आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि टुङ्ग्याउने छ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज १३ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा असोज १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।