कुमारी बैंकको १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

३१ भाद्र २०८१, सोमबार ०८:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा मात्रै सर्वसाधारणले किन्न पाउने गरी बैंकले पुनः शेयर बिक्रीमा ल्याउँछ ।

सो शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिन भित्र नक्सालको नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगलास्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*