कुमारी बैंकले पनि घटायो ब्याजदर

३१ भाद्र २०८१, सोमबार ०७:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो भदौ महीनामा बैंकले व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत र स्प्रेडदर ३.८७ प्रतिशत छ । भदौमा बैंकको आधार दर ८.८९ प्रतिशत थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*