एभरेष्ट बैंकले घटायो ब्याजदर
३१ भाद्र २०८१, सोमबार ०७:४४
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि भदौ महीनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
असोजमा बैंकको आधार दर ७.२९ प्रतिशत छ । भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो ।