अविरल वर्षाका कारण धोबिखोला आसपासका बस्ति जोखिममा
३० भाद्र २०८१, आईतवार २१:३५
काठमाडौँ। आज साँझ देखि परेको अविरल वर्षाका कारण काठमाडौँको अनामनगर स्थित धोबिखोला आसपासका क्षेत्रहरू जोखिम परेका छन्। धोबिखोला आसपासका अनामनगर, सेतोपुल, युएन पार्क लगायतका बस्ती जोखिममा परेका हुन्।
खोलाको पानि सडकसम्म पुगि सकेको छ । अहिले सो क्षेत्रमा प्रहरीहरु समेत परिचालन गरिएको छ।
अनामनगरको भाटभटेनी नजिकै सडकमा आएको पानिले ट्याक्सी समेत बगाएको छ । ट्याक्सी स्थानियहरुको सहयोगमा सुरक्षित स्थानमा ल्याइ सकिएको छ।