हिमालयन लघुवित्तद्वारा बीमा वापतको दावी रकम हस्तान्तरण

३० भाद्र २०८१, आईतवार १८:३३

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छपिया सियारी ४ रुपन्देहीले बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको केन्द्र नम्बर ०५५ की केन्द्र प्रमुख एकता जैसवालको श्रीमान मृत्यु भएसंगै उनलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

उनले लिएको ऋण रकम २ लाख ९५ हजार रुपैयाँ बीमाबाट आएको रकम ३ लाख २० हजार र उनले तिनुपर्ने कर्जा छुट सहित ६५ हजार १ सय १ रुपैयाँ ८६ पैसा बराबरको चेक सदस्य एकता जैसवाललाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

सीयारी ४ छपियाका वडा सदस्य डुठे थारु, छपिया बजार व्यवस्थापक अध्यक्ष रामजित यादव, शाखा प्रमुख सन्तोष कुमार हरिजन, कर्मचारी अकलेश प्रसाद थारु र सोही समुहका सदस्य पुना कलवार, सरोज जैसवाल, नजीमा खातुन, निर्मला कलवार र स्थानीयको रोहवरमा चेक हस्तान्त्रण गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*