अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

३० भाद्र २०८१, आईतवार १७:३९

काठमाडौँ । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*