नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर र लकर सुविधा

३० भाद्र २०८१, आईतवार १६:३८

काठमाडौँ । नबिल बैंकले आफ्नो नबिल गोल्ड बचत खाता मा उच्च ब्याजदर र विविध सुविधाहरू प्रदान गर्ने योजना ल्याएको छ । बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै उक्त खाता सार्वजनिक गरेको हो ।

यस खाता मार्फत ग्राहकले बजारमा प्रतिस्पर्धात्मक ब्याजदरको फाइदा उठाउन सक्नेछन् भने खाताधारकले लकर सेवामा विशेष प्राथमिकता र सुविधा पाउनेछन् । नबिल गोल्ड बचत खातासँग ग्राहकहरूलाई मेटलाइफ बीमाबाट बीमा सेवा उपलब्ध हुनेछ । यसले जीवन सुरक्षा र जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याउने बेंकको विश्वासर रहेको छ ।

पहिलो वर्षको लागि मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । यो खाता खोल्नको लागि न्यूनतम रकम १,००० अनिवार्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*