योग्यता नपुगेकी संचालक अधिकारी प्रभु महालक्ष्मी लाइफमा एक बर्षदेखि निरन्तर रहदै

३० भाद्र २०८१, आईतवार १६:१८

काठमाडौं । विगत एक बर्षदेखि प्रभु महालक्ष्मी लाइफमा स्वतन्त्र संचालकको तर्फबाट संचालक भएर काम गरेको स्वतन्त्र संचालकको योग्यता नपुगेको खुलेको छ।

बीमा ऐन २०७९ बमोजिमको योग्यता नै नपुगेको व्यक्ति प्रभु महालक्ष्मी लाइफमा स्वतन्त्र संचालको तर्फबाट सञ्चालक भएर काम गरिरहेको तथ्य खुलेको हो ।

प्रभु महालक्ष्मी लाइफकी सञ्चालक अञ्जु अधिकारी स्नातक तह उत्तिर्ण  मात्रै भएर पनि विगत एक वर्षदेखि सञ्चालक भएर पदमा बहाल रहेको तथ्य फेला परेको छ ।

अधिकारीले प्रभु महालक्ष्मी लाइफमा सञ्चालक हुँदा स्नात्तक तह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र मात्रै बुझाएको तथ्य फेला परेको छ ।

बीमा ऐन २०७९ को (२)उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तिय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानुन बिषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बीमक वा सम्बन्धित क्षेत्रको सङ्गठित संस्थाको संचालक वा व्यवस्थापक तहमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको व्यक्ति स्वतन्त्र संचालक हुन योग्य हुने व्यवस्था रहेको छ।

बीमा प्राधिकरणले भने बीमा ऐन बमोजिम योग्यता नपुगेका कुनै पनि व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*