कहिले हुँदैछ बुद्धभुमी नेपाल हाइड्रोपावरको लकइन अवधि समाप्त ?

३० भाद्र २०८१, आईतवार १६:०५

काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लकइन अवधि असोज २१ गते समाप्त हुने भएको छ । कम्पनीले आफ्नो संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीहरूको शेयरको लकइन अवधि समाप्त हुने भएको हो ।

कम्पनीले २०७८ असोज २२ गते सर्वसाधारणलाई बाँडफाँट गरेको साधारण शेयरको तीन वर्षको लक इन अवधि समाप्त हुने भएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार २०८१ असोज २१ गतेपछि यी शेयरको लकइन अवधि समाप्त हुनेछ।

लकइन समाप्त भएपछि २८ लाख संस्थापक शेयर, ४ लाख स्थानीय बासिन्दाको शेयर र १६ हजार कर्मचारीहरूको शेयर कारोबार गर्न खुला हुनेछ। लकइन अवधि समाप्त भएपछि यी शेयरधनीहरूले शेयर बजारमा आफ्नो शेयर कारोबार गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*