सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

३० भाद्र २०८१, आईतवार १५:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्था अनुसार आर्थिक वर्ष २०८१।०८२ को धितोपत्र वार्षिक नविकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।

सूचना अनुसार सूचीत कम्पनीहरुले असोज मसान्तभित्र ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा नविकरण शुल्क बुझाउनु पर्ने छ ।

तोकिएको समयमा वार्षिक नविकरण शुल्क नबुझाउँने कम्पनीहरुलाई नेप्सेले वार्षिक नविकरणमा १० प्रतिशतका दरले जरीवाना समेत तोक्ने र सूचीकरण स्थगन गर्ने चेतावनी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*