शेयर बजारको वृद्धि एक दिनमै पल्टियोः ५० अकंले घट्यो नेप्से, के चलखेल हुँदैछ ?

३० भाद्र २०८१, आईतवार १५:०८

काठमाडौँ । गत बिहीबार उच्च अंकमा पुगेको शेयर बजार आइतबार पुनः ओरालो लागेको छ । लगानीकर्ताको खुसी लामो समय टिक्न सकेन । आजको बजार गिरावटलाई केही विश्लेषकले दशैंको चासो र बिक्रीको लहरसँग जोडिरहेका छन् भने अरूले यसमा सीमित चलखेलको असर रहेको बताइरहेका छन् ।

शेयर बजारको चालमा लगानीकर्ताको मनोबल महत्वपूर्ण भूमिका खेल्दछ । वर्तमानमा लगानीकर्ताको मनोबल कमजोर देखिनु बजारको ओरालोका मुख्य कारणमध्ये एक हो । यसले गर्दा बजारमा पर्न गएको गिरावटलाई सामान्य रूपमा लिन सकिन्छ ।

विशेषज्ञहरूको अनुसार दशैंको नजिकिएको समयमा बजारमा बिक्रीको चाप बढ्न सक्छ, जसले गर्दा बजारको उतारचढावमा असर पर्न सक्छ । साथै, केही लगानीकर्ताहरूले बजारको वर्तमान अवस्थालाई आफ्नो रणनीतिक लाभको लागि प्रयोग गरिरहेका हुन सक्ने आंकलन भइरहेका छन् ।

अर्को तर्फ, बजारको चलखेलको निरन्तरता र लगानीकर्ताको मनोबल बजारको स्थिरता र वृद्धिमा निर्णायक भूमिका खेल्न सक्ने देखिएको छ । यसबीच, लगानीकर्ताले बजारको वर्तमान स्थितिलाई ध्यानमा राख्दै आफ्नो लगानी रणनीति पुनरावलोकन गर्नुपर्ने समय आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, फाइनान्स समूहको ३.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६८ प्रतिशतगरी १३ वटै सूचक राताम्य भएका हुन् ।

बजारमा गिरावट देखिएपनि चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ । यसदिन २१९ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने २४ कम्पनीको मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*