वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड, यी शर्त पालना नगरे सदस्यता स्वत: खारेज

३० भाद्र २०८१, आईतवार १४:३६

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी बीमा पोलिसी गर्ने जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ ।

प्राधिकरणले तीन महिनासम्म वैदेशिक रोजगार विभागमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुले बीमालेख जारी नगरे वैदेशिक रोजगार म्यादी जीवन बीमा कोषको सदस्यता खारेज हुने व्यवस्था लागू भएको छ। सो भएमा सदस्यता खारेज भएका कम्पनीहरुले म्यादी बीमा गर्न पाउने छैनन् ।

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार विभागमा सूचीकृत भई लगातार तीन महिनासम्म बीमालेख जारी नगर्ने बीमा कम्पनीहरुको सदस्यता स्वतः खारेज गर्ने भएको छ।

त्यस्तै बीमा प्राधिकरणको निर्देशन बमोजिमे वैदेशिक रोजगार विभागमा सूचीकृत नभएका बीमा कम्पनीहरुले पनि सामूहिक कोषमा सहभागी हुन र बीमालेख बिक्रि गर्न नपाउने भएका छन् ।

कोष प्रबन्धकको रुपमा भने पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स रहनेछन् । प्रबन्धकले बीमा शुल्क बापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको छुट्टै बैंक खाता संचालन गर्ने, कोषको संचालन, बाँडफाँड र व्यवस्थापन, बीमकबाट प्राप्त भएको बीमा शुल्कबाट आवश्यक समायोजना (ब्याज, आम्दानी, र दाबी भुक्तानी) गरि मासिक रुपमा बाँडफाँड गर्नेछ।

चालु आवको साउन १ गतेदेखि नै बिक्री भएका बैदेशिक रोजगार बीमालेख समेत लागू हुने गरि पुल मार्फत बैदेशिक रोजगार बीमा सञ्चालन हुनेछ ।

पुलमा एलआईसी नेपाल र मेट लाइफ इन्स्योरेन्स आवद्ध भएका छैनन् ।

अहिले बैदेशिक रोजगार बीमामा बार्षिक तीन अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन हुन्छ । गत आवमा तीन अर्ब १२ करोड ६८ लाख रुपियाँ यस्तो बीमाशुल्क संकलन भएको थियो ।

त्योअनुसार तीन बर्षपछि एक कम्पनीले कम्तीमा २० करोड रुपियाँ बराबरको व्यवसाय पाउने देखिन्छन् ।

 

One thought on “वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड, यी शर्त पालना नगरे सदस्यता स्वत: खारेज

  1. श्याम says:

    गरिब दुखिले कमाउन बाहिर जान्छन् भने सरकार र बिचौलिया हरुले लुटेको छ। यत्रो पैसा उठाएर श्रमिकलाई के दिए र श्रमिकले के पाउँछन्?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*