एनएमबि बैंकले ल्यायो नयाँ शैक्षिक कर्जा योजनाः १५ वर्षसम्मको सुविधा र १०० प्रतिशत फाइनान्सिङ्ग
काठमाडौँ । शिक्षा प्राप्त गर्नको लागि आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूको लागि एनएमबि बैंकले विशेष शैक्षिक कर्जा योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त योजना मार्फत विद्यार्थीले सहज र सरल तरिकाले कर्जा प्राप्त गर्ने सक्नेछन् ।
बैंकको शिक्षा कर्जा योजना प्राप्त गर्नको लागि प्रक्रिया सरल बनाइएको छ । यस योजनाले कर्जा आवेदन गर्नका लागि आवश्यक कागजात र प्रक्रिया सजिलो पार्ने उद्देश्य राखेको छ, जसले गर्दा विद्यार्थी र अभिभावकहरूले सहजै कर्जा प्राप्त गर्न सक्छन्
साथै, बैंकले १५ वर्षसम्मको कर्जा सुविधा प्रदान गर्दै, दीर्घकालिक समयावधिमा कर्जा फिर्ता गर्नको अवसर दिनेछ । यस सुविधा मार्फत, विद्यार्थीहरूले अध्ययनको दौरान आर्थिक तनाव बिना आफ्नो ध्यान शिक्षामा केन्द्रित गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
यस कर्जा योजनामाद बैंकले शैक्षिक शुल्कको १०० प्रतिशतसम्म फाइनान्सिङ्ग प्रदान गर्ने जनाएको छ ।