ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
३० भाद्र २०८१, आईतवार १३:२५
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले बिक्रीमा राखेको शेयरको संख्या भने खुलाएको छैन् । उक्त शेयर जोकाहीले किन्न पाउछन् ।
सो शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिन भित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।