कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त
३० भाद्र २०८१, आईतवार १०:५९
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकि छिन् । बैंकले उनीलाई आगामी चार वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।
बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा घिमिरेलाई नियुक्त गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।