एनएलजी इन्स्योरेन्सले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

३० भाद्र २०८१, आईतवार ०९:०२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी जडिबुटी बीमा अभिकर्ताको आधारभूत तालिम प्राप्त प्राविधिकहरूको अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षा असोज ११ गते दिउँसो १ बजेदेखि सञ्चालन गर्ने जनाएको छ । परीक्षा कम्पनीको केन्द्रीय, क्षेत्रिय, शाखा, उपशाखा कार्यालयहरूमा सञ्चालन गरिने बताएको छ ।

परीक्षामा सहभागी हुन इच्छुकलाई असोज १० गतेभित्र आवश्यक पर्ने कागजात सहित कम्पनीको नजिकको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*