सिमलतालबाट फेरि त्रिशूलीमा गाडी खस्यो

३० भाद्र २०८१, आईतवार ०८:२८

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डस्थित सिमलतालबाट फेरि त्रिशूली किनारमा गाडी खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

ट्रक त्रिशूली नदी मै पुग्नबाट भने जोगिएको छ । यसअघि, असार २८ गते सिमलतालबाटै दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

भारतीय गोताखोरको ‍टोली परिचालन गरी खोजी गरिएपनि सबैलाई भेटाउन नसकिएपछि खोज्न बन्द गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*