माण्डु हाइड्रोपावर सहित २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३० भाद्र २०८१, आईतवार ०७:५९

काठमाडौं । माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन रहेको छ । यी ३ वटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउन सक्नेछन् ।

माण्डु हाइड्रोपावरले गत वर्षको नाफाबाट शेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यस हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे शुरू हुनेछ ।

त्यस्तै गत वर्षको नाफाबाट आरबीबी म्युचुअल फन्ड –१ ले कर सहित ३.८१ प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड –२ ले कर सहित ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*