नेशनल लघुवित्तको ५३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

३० भाद्र २०८१, आईतवार ०७:३२

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि संस्थापकहरूले मात्रै किन्न पाउँने गरी सो शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र पनि संस्थापकहरूबाट शेयर किन्न आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउँने गरी पुनः बिक्री खुला गरेको हो ।

सो शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा-१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*