लाभांश र हकप्रद प्रस्तावसहित सिइिडिबि हाईड्रोपावरले बोलायो साधारणसभा

३० भाद्र २०८१, आईतवार ०७:१८

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा विहान १० बजे बस्ने गरी सभा बोलाएको हो ।

सभाले अघिल्ला दुई आर्थिक वर्ष (आव) का लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर (कर सहित) वितरण गर्ने, बोनस शेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद शेयर जारी गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी अघिल्ला दुई आवका वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक टुङ्ग्याउने र स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि समावेश गरिएका छन् ।

सभा प्रयोजनार्थ असोज ७ गते एक दिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । सोका आधारमा असोज ६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*