कामना सेवा बैंकको एक लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

३० भाद्र २०८१, आईतवार ०६:५६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६ हजार ६ सय ३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति, संघसस्था वा कम्पनीहरूले मात्रै किन्न पाउँछन् । बैंकले यसअघि संस्थापकहरूले मात्रै किन्न पाउँने गरी सो शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र पनि संस्थापकहरूबाट शेयर किन्न आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

उक्त शेयर किन्न चाहने सर्वसाधारणले आवश्यक पर्ने कागजात संलग्न गरी ७ दिन भित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको शेयर सम्बन्धी थप जानकारीका लागि बैंकको शेयर विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*