लुम्बिनीमा बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

२९ भाद्र २०८१, शनिबार १६:२३

काठमाडौ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बिमकको प्रदेश प्रमुखहरु संग बीमा बिषयक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जीवन तथा निर्जिवन बीमा कम्पनिका प्रदेश प्रमुख संगको अन्तर्कृयामा जीवन तथा निर्जिवन बीमामा देखियका समस्या र नेपाल बीमा प्रधिकरणले खेल्नुपर्ने भुमिकाको बिषयमा आधारित रहेर छलफल तथा अन्तर्कृया भएको हो ।

सम्पुर्ण जीवन कम्पनिको प्रतिनिधित्व गर्दै आईएमई लाईफ इन्स्योरेन्स क.लि. बाट राजेन्द्र पन्थी त्यसैगरी सम्पुर्ण निर्जीवन कम्पनिको प्रतिनिधित्व गर्दै शिखर इन्स्योरेन्सबाट किरण काफ्लेले समग्र बीमा जगतमा देखियका समस्या र नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिकाको बारेमा प्रस्तुतीकरण ब्यक्त गर्नुभएको थियो ।

नेपालमा बीमाको इतिहास , नियम कानुन तथा कसुर सजायको बारेमा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले बताउनु भएको थियो । कार्यक्रममा उठेका विषयबस्तु माथी सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले कार्यक्रमको औचित्य महत्व र बीमाको दायारा बढाउनुपर्नेमा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रमको सन्चालन नेपाल बीमा प्राधिकरणमा सुरेन्द्र चौलागाईंले गर्नुभएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*