एकैदिन दुई कम्पनीको लाभांश घोषणा

२८ भाद्र २०८१, शुक्रबार १९:१५

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनी ओरिन्टल होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

ओरियन्टल होटलले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै सोको कर प्रयोजनार्थ ०।२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

होटलले आगामी असोज २० गतेका लागि साधारणसभा बोलाएको छ । असोज ७ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर होल्ड वा खरिद गरेकाले लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्।

त्यस्तै हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यस कम्पनीले साधारणसभा र बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*